३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

झापामा दुई महिलामाथि खुकुरी प्रहार गर्ने व्यक्तिले आफ्नै घाँटी रेटे


५ माघ २०७५, शनिबार  

0
Shares

20190119_211510

गाैरीगंज ५, माघ / दुईजना महिलामाथि खुकुरी प्रहार गर्ने एक व्यक्तिले सोही खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन्। झापाको अर्जुनधारा नगरपालिका १० स्थित चुथाई निवासी ४४ वर्षीय सडानन्द पौडेलले सोही स्थान निवासी २४ वर्षीया जमुना ओझा र २१ बिना भारतीलाई शनिबर बिहान खुकुरी प्रहार गरी घाइते बनाएकी छिन्। घरमै गएर सुतिरहेको अवस्थामा महिलामाथि खुकुरी प्रहार गरेलगतै पौडेलले केही पर गएर सोही खुकुरीले आफैँ घाँटी रेटेर आत्महत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घाइते भएकी दुवै महिलाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार  ३ : ३० बजे