५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

किन सरकारले काम गर्न नसकेकाे हाे ? : नेता सिटाैला


५ माघ २०७५, शनिबार  

0
Shares

20190119_135044

गाैैरीगंज ५, पुस/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलाले देश र जनताकाे लागि वर्तमान सरकार काम गर्न नसकेकाेले नेपाली कांग्रेसले जागरण अभियान थाल्ने बताएका छन् ।
गाैरीगंज गाउँपालिकामा आज कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका महामन्त्री समेत रहेका सिटौलाले वर्तमान कम्युनिस्ट सरकारले काम गर्न किन नसकेकाे हाे प्रश्न गर्दै हजाराै केन्द्रीय याेजनाहरू अलपत्र पारेकाेले नेपाली कांग्रेसले जागरण अभियान थाल्ने बताएका हुन् ।
वर्तमान सरकारले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई मात्र भर्ती गर्ने कार्य गरेकाे आराेप लगाउदै नेता सिटाैलाले त्यसकाे कांग्रेसका स्थानिय कार्यकर्तादेखि केन्द्रीय नेतासम्मले प्रतिकार गर्नुपर्ने बताए ।
जनताले नेपाली कांग्रेसलाई प्रतिपक्षकाे जिम्मेवारी दिएकाले कम्युनिस्ट सरकारसंग सत्ता र पैसा दुवै भएपनि उनले गरेका गलत निर्णयकाेे पर्दाफास गरि जनतासमक्ष ल्याउनु पर्ने कांग्रेसकाे दायित्य भएकाे उनले बताए ।
लाेकतन्त्रमा निर्वाचनबाट देश र जनता बलियाे हुने भएकाेले पार्टी भित्र पनि लाेकतन्त्रकाे मूल्य मान्यता अनुरूप गहन छलफल गरी निर्वाचन पद्वतिबाट अघि बढ्नुले अझ पार्टी सशक्त हुने कार्यकर्तालाई उनले सुझाए ।
पुर्व गृहमन्त्री सिटाैलाले नयाँ पुराना नेता कार्यकर्ता सबै मिलेर अघि बढ्नुकाे विकल्प नरहेकाेले केन्द्रीय नेतादेखि स्थानिय नेता तथा कार्यकर्तासम्मले पार्टीकाे निर्णाय मान्नु पर्ने र एक ढिक्का भएर अघि नबढे आफै सखाफ हुने बताए ।
स्थानिय नेता तथा कार्यकर्ताहरूकाे जिज्ञासाकाे संक्षिप्त्त रूपमा जवाफ दिदै पुर्व गृहमन्त्री सिटौलाले संघिय संरचना अनुरूप पार्टीको सांगठानिक विधान बन्न लागेकाे बताए । नेपाली कांग्रेस गाैरीगंजका सभापति राजेन्द्र कार्कीकाे सभापतित्वमा भएकाे अन्तरक्रिया कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले जिज्ञासा समेत राखेका थिए । कार्यक्रममा महासमिति सदस्यहरू घनश्याम रिजाल,फुलबती राजवंशी, देवी राजवंशी, नाैताली राजवंशी क्षेत्रिय सभापति डुण्डी भण्डारी, दमक नगर सभापति राेसन विष्ट, पुर्व सभासद विश्वदिप लिङ्देल, नेवि संघ जिल्ला सभापति राजेन्द्र उप्रेती, गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, वडा अध्यक्षहरू मखना महताे, वद्री नारायण यादव, कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारीलगायतकाे सहभागीतामा भएकाे कार्यक्रमकाे सञ्चालन क्षेत्रिय सचिव सुर्यभत्त सिटाैलाले गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार  १२ : ५९ बजे