५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

दुई वर्ष भित्र भद्रपुरदेेखि विराटनगरसम्मकाेे बाटाे कालाेपत्रे गरिसक्ने : मन्त्रि कार्की


२ पुस २०७५, सोमबार  

0
Shares

20181217_133503
गाैरीगंज २ पुस / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले दुई वर्षभित्र भद्रपुरदेखि विराटनगरसम्मकाे सडक कालाेपत्रे गरिसक्ने बताएका छन् ।
गाैरीगंज गाउँपालिका स्थित गाैरीगंज बहुमुखी क्याम्पसकाे २७ अाै वार्षिकोत्सबकाे अवसरमा आज आयाेजित कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका कानुन मन्त्री कार्कीलेे पुल निर्माण सहित सडक कालाेपत्रे निर्माण गरिसक्ने बताएका हुुुुन् ।

५ वर्षकाे लागि नेकपाकाे दुईतिहाई बहुमतले बनेकाे सरकारलेे
यहाँका सम्पुर्ण समस्याहरू समाधान गरिने र त्यसका लागि गृहकार्य भईरहेकाे उहाँले बताउनुभयाे । उहाले भन्नुभयाे – ‘ गाैरीगंज लगायत यसभेगकाे समस्याका बारेमा म पुर्णरूपले जानकार छुु रतुवा पुल र भद्रपुरदेखि विराटनगरसम्मकाे बाटाे २ वर्ष भित्र कालाे पत्रे बनाई सक्नेछ । ‘
प्रदेश नं १ मा ७० वटा पब्लिक क्याम्पस रहेकाले तिनीहरूलाई व्यवस्थित गर्न पहिलाे पटक प्रदेश स्तरिय विश्वविधालय
स्थापना गरेर पब्लिक क्याम्पसका सबै समस्या हल गरिने कानुन मन्त्री कार्कीले बताउनुभयाे ।
गाैरीगंज बहुमुखि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि झापा क्षेत्र नं ४ का सांसद झलकसिंह दर्लामी थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले आर्थिक वर्ष २०७४/०७५ काे आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेेेेका थिए भने क्याम्पसका विधार्थीहरूलाई विभिन्न विधामा प्रथम, दाेस्राे र तेस्राे हुनेलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे । यसै अवसरमा क्याम्पसलाई जग्गादान दिने जग्गादातालाई सम्मान गरिएकाे थियाे भने विधार्थिहरूलाई छात्रवृत्ति प्रदान गरिएकाे थियाे ।

प्रकाशित मिति : २ पुस २०७५, सोमबार  ११ : ३७ बजे