४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शरीर बन्धक तथा अपहरण गरेकाे अाराेपमा गाैरीगंजका ३ जना पक्राउ


२५ मंसिर २०७५, मंगलबार  

0
Shares

20181211_152435

गाैरीगंज २५, मंसिर / शरीर बन्धक तथा अपहरण गरेकाे अाराेपमा अाज गाैरीगंजका तीन जना पक्राउ परेका छन् ।

भारत विहार सुपाेल जिल्ला किसनपुर थाना बस्ने माे सदामका छाेरा ७ वर्षिय मैफुज अालमलाई शरीर बन्धक तथा अपहरण गरेकाे अाराेपमा गाैरीगंज वार्ड नं ६ का बद्री यादव, वार्ड नं ४ का विट्टु गुह्री ( मल्हा) र उनकी श्रीमती अन्जु मुखिया पक्राउ परेका हुन् । पक्राउ परेका बद्री यादव पहलाे संविधानसभामा क्षेत्र नं ७ बाट उम्मेदवारी दिएका थिए भनेे पछिल्लो समयमा संघिय समाजवादी फाेरमबाट राजनिती क्रयाकलाप गर्दै अाएका थिए । मंसिर २० गते घर छेउमा खेल्दै गरेकाे अवस्थामा चकलेट दिएर ललाई फकाई अालमलाई माेटर साइकलमा चढाई नेपाल तिर ल्याई विट्टु गुह्रीकाे घरमा दुई दिन राखेकाे स्राेतले बतायाे । मंसिर २२ गतेदेखि बालकलाई दमकस्थित देउराली हाेटलकाे काेठा नं १०७ मा बन्धक बनाई १५ लाख भारती रूपैयाँ फिराैती मागेकाे जनाईएकाे छ ।
अपहरणमा परेका मैफुज अालमलाई उदार गरि दमक प्रहरीकाे निगरानी राखिएकाे छ ।
पक्राउ परेका बद्री यादव र विट्टु मल्हालाई ईलाका प्रहरी कार्यालय गाैरीगंजमा र अन्जु मुखियालाई दमक प्रहरी कार्यालयकाे थुना राखिएकाे छ भने थप अनुसन्धानका लागि दमक प्रहरी कार्यालयलाई बुझाउने तयारी रहेकाे गाैरीगंज प्रहरीले जनाएकाे छ ।
अालमलाई अपहरण गरेकाे अाराेपमा तीन जना भारतीयलाई पक्राउ गरेकाे भारतीय प्रहरी स्राेतले बताएकाे छ भने भाेली दमक प्रहरी कार्यालयले अपहरणकारीकाे विस्तृत जानकारी पत्रकार सम्मेलन गरि सार्वजनिक गर्नेे जनाइएकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार  ९ : ४१ बजे