४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश १ का मुख्यमन्त्री र राजदुत तथा दातृ निकायका प्रतिनिधिबीच छलफल


७ मंसिर २०७५, शुक्रबार  

0
Shares

rajdut_mukhyamantri

विराटनगर ७ , मंसिर /
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशी दातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ भान क्यापलर, डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्ज लार्बीको सहभागिता थियो ।
छलफलका क्रममा उक्त टोलीले प्रदेश सरकारका प्राथमिकता, सहयोगको क्षेत्र, समस्या र चुनौतीको बारेमा जिज्ञासा राखेको थियो । छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले अगाडि सारेका योजना, काम लगायतका बारेमा बताएका थिए । उनले प्रदेश सरकारले कानुन निर्माणलाई तिब्रता दिएको र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको सुनाए ।
संविधानमा उल्लेख भएको अधिकार प्रदेश सरकारले प्रयोग गर्दै अगाडि बढिरहेको मुख्यन्त्री राईले बताए । छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विशेषता, सम्भावनाका बारेमा अवगत गराएका थिए । राजुदुत क्यापलरले नेपालले हासिल गरेको उपलब्धी संसारका लागि उदाहरणीय भएको बताए । छलफलबाट प्रदेशको भूमिका बुझ्न राम्रो अवसर मिलेको उनको भनाई थियो।
विश्व बैंकका प्रतिनिधि लारर्बीले प्रदेश सरकारसँग सहकार्य गर्न आतुर रहेको बताए। संघीय सरकारको ्अनुमतिमा अहिले हामी सबै प्रदेश सरकारसँग छलफल गरिरहेका छौं, उनले भने, ‘प्रशासनिक र संरचनागत हिसाबले हामी सहयोग गर्छाै ।’
हामी लामो समयदेखी एकात्मक संरचनामा रहेको व्यवस्थामा काम गर्याे, डिएफआइडिका नेपाल प्रमुख मार्सदेनल भने, नेपाल नयाँ संरचनामा गएसँगै प्रदेश र स्थानीय तहसँग कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं । प्रदेश सरकारका प्राथमिकता तथा समस्या हेरेर काम गर्न सकिनेमा उनले जोड दिए।
छलफल संघीयता कार्यान्वयनका लागि नेपाल सरकार र दातृ निकायले संयुक्त रुपमा शुरुवात गरेको क्षमता विश्लेषणमा केन्द्रित थियो । यो टोलीले यसअघि पाँच वटा प्रदेशमा यस्तै छलफल गरिसकेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार  १२ : ३१ बजे