५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

प्रदेश नं १ मा सवारी दुर्घटना बढ्यो , दैनिक २ जनाको मृत्यु


१० कार्तिक २०७५, शनिबार  

0
Shares

bike-accident-1508852747

रविन भट्टराई, विर्तामोड १०, कार्तिक / प्रदेश १ मा सडक दुर्घटनाका घटना वृद्धि हुँदै गएको छ ।

प्रदेश १ मा दैनिक ४ देखि ६ वटासम्म सडक दुर्घटनाका घटना हुने र कम्तिमा २ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांक छ ।

जसमध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण भएको देखिएको छ ।

दशैंको अवधिभर प्रदेश १ मा ४१ वटा सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

तीमध्ये ६० प्रतिशत दुर्घटना सडकमा जथाभावी हिड्ने छाडा चौपायका कारण देखिएको छ ।

झापा र मोरङका स्थानीय जंगलका छाडा चौपायाका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ ।

मोरङको बेलबारीदेखि उर्लाबारी तथा झापाको दमकदेखि चारपाने क्षेत्रको सडकमा छाडा चौपायाका कारण बिहान र बेलुकाको समयमा सडक दुर्घटना बढी हुने गरेको चालकहरु बताउँछन् ।

प्रदेश १ मा दैनिक ४ देखि ६ वटा ठुला सवारी दुर्घटनामा हुने गरेको छ । दुर्घटनामा कतिपयको ज्यानै जान्छ भने कतिपय अंगभंग बन्छन् ।

प्रदेश १ मा लगभग १ हजार २ सय ५६ किलोमिटर कालोपत्रे सडक, ३ हजार ५ सय ३३ किलो मिटर कच्ची सडक र ६ हजार ५ सय ४० किलो मिटर ग्राभेल सडक रहेको छ ।

ती सबैजसो सडकमा पशुचौपायको कारण दुर्घटनाको जोखिम छ ।

थोरै जनशक्ति र सडक क्षेत्र धेरै हुँदा चौपाया व्यवस्थापनमा समस्या रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईको भनाइ छ । इमेज खबर

प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार  ११ : ४७ बजे