५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

झापामा सवारी चालकलाई जुत्ता अनिवार्य, चप्पल लगाए लाइसेन्स खारेज !


१८ आश्विन २०७५, बिहिबार  

0
Shares

गाैरीगंज १८,असोज /

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकलाई अनियवार्य जुत्ता लगाएर मात्र सवारीसाधन चलाउन निर्देशन दिएको छ । दुर्घटनालाई कम गर्न सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको प्रहरीले जनाएको छ ।

चप्पल लगाएर सवारी चलाएको भेटिए लाईसेन्स खारेज सम्मको जरीवाना गरिने ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले जानकारी दिए । दसैं, तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको जनाइएको छ ।

चालकले जुत्ता लगाउनै पर्ने पुरानो नियमलाई पुनःकार्यान्वयनमा ल्याएको प्रहरीको भनाई छ । सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ । जुत्ता लगाएर सवारी चलाए क्लच र ब्रेक सही तरिकाले लाग्ने र खुट्टा सो स्थानबाट नचिप्लने हुँदा यो नियम राखिएको बताइएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७५, बिहिबार  १२ : ५८ बजे