२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

मेरिल्याण्डका बिद्यार्थी बने “प्याड म्यान”,गाउँमा सेनेटरी प्याड बनाएर बाढ्दै


२९ भाद्र २०७५, शुक्रबार  

0
Shares

mcb-pad-man
बिराटनगर २९,भदौ /

केहि महिना अघि मात्रै भारतीय सुपरहिट फिल्म “प्याड म्यान” आएको थियो । फिल्मको उदेश्य जस्तै बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएम दोस्रो बर्षमा अध्ययनरत बिद्यार्थीको समुहले गाउमा रहेका किशोरीहरु जसले आफ्नो रजश्वला भएको बेला अशुरक्षित कपडा तथा सरसफाईको ज्ञान नभएको लागि अभियान संचालनमा ल्याएका छन् ।

अभियान अन्तर्गत उनीहरुले आफ्नै श्रोतसाधन प्रयोग गरी कलेजमा भेला भएर सेनेटरी प्याड बनाउने तथा पहिलो चरणमा सुनसरीको चिमडी स्थित नवदुर्गा स्कुलमा पढिरहेका ७० जना किशोरीहरुलाई उक्त प्याड वितरण गर्ने तथा यस्तो बेलाको सरसफाई तथा स्वास्थ्यमा कसरी ध्यान दिन सकिन्छ भनेर जनचेतनामुलक कार्यक्रम गर्ने तयारी गरेको अभियानकि कृपा श्रेष्ठले जानकारी दिईन ।

उनीहरुले उक्त प्याड बनाउन प्राविधिकरुपमा विज्ञबाट सल्लाह तथा सुझाब पनि लिएर बनाएको श्रेष्ठले जानकारी दिईन । प्याड बनाउने काम अन्तिम चरणमा पुगेको र चाडै उक्त बिद्यालयमा वितरण गरिने श्रेष्ठले बताइन । उक्त अभियान चलाउन फिल्म “प्याड म्यान” हेरेपछि उत्प्रेरित भएको साथै मेरिल्याण्ड कलेज तथा साथीहरुको सहयोगले अझ साथ मिलेको अभियानकर्मीको भनाइ छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  ६ : ३९ बजे