५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

समाज परिवर्तन गर्न ताजपुरिया समाजका युवाहरू संगठित हुँदै


२४ भाद्र २०७५, आइतबार  

0
Shares

d380a0efdd503a1b653a602781588794.0

गाैरीगंज २४, भदौ / ताजपुरिया समाजलाई संगठित एवं समयकाे माग अनुसार समाजलाई परिवर्तन गर्न हिजाे गाैरीगंजस्थित स्नाेह्वाईट वाेर्डिङ्ग स्कुलमा ताजपुरिया समाजका सक्रिय वुद्विजीवि युवाहरूले भेलाकाे अायाेजना गरेका छन ।

भेलाबाट राजकुमार ताजपुरियाकाे संयाेजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएकाे छ । समितिले असाेज २० गते
गाैरादहस्थित ताजपुरिया कल्याण परिषद् भवनमा अाम भेला बाेलाई मुल समिति गठन गरिने संयाेजक राजकुमार ताजपुरियाले बताए । कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषदका पुर्व महासचिव तथा माेरङ्ग रंगेलीका पुर्व स्राेत व्यत्ति पुर्णलाल ताजपुरियाले युवाहरूकाे याे नवीन प्रयास स्वागतयोग्य रहेकाे भन्दै यसका लागि के सहयाेग गर्नु पर्ने हाे अाफु तयार रहेकाे बताए । त्यसैगरी कार्यक्रममा समाजसेवी पुर्ण प्रसाद ताजपुरियाले समितिलाई सफल कार्यकालका लागि शुभकामना दिदै जस्तोसुकै परिस्थितिमा अाफु सहयाेग गर्ने बताए । कार्यक्रममा उनीहरूले समितिलाई १ हजार रूपैयाँसमेत अार्थिक सहयाेग गरेका थिए । ताजपुरिया समाजलाई परिवर्तित समय अनुकुल परिवर्तन गर्न सामाजिक अान्दाेलन गर्नु पर्ने भेलाकाे निष्कर्ष थियाे । झापा र माेरङ्ग जिल्लाबाट ५० जनाभन्दा बढी ताजपुरियाा समाजका युवा बुद्धिजीवी, समाजसेवीलगायतकाे उपस्थिति रहेकाे कार्यक्रमका संचालक सहदेवसिंह ताजपुरियाले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  ५ : ५१ बजे