४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सञ्जीव भए जेसी अफ द मन्थ जुलाई


७ भाद्र २०७५, बिहिबार  

0
Shares

39911039_236176310379379_6934394934715744256_n
बिर्तामोड ७, भदौ /
वीरता जेसीजका उपाध्यक्ष सञ्जीव घिमिरेलाई जेसी अफ द मन्थ जुलाईको अवार्ड प्रदान गरिएको छ ।
बुधवार वीरता जेसीजको सचिवालयमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष एकराज गिरीले उपाध्यक्ष घिमिरेलाई उक्त अवार्ड प्रदान गरेका हुन् । उपाध्यक्ष घिमिरेको संयोजकत्वमा विभिन्न उत्कृष्ट कार्यक्रम सञ्चालन भएको थियो ।
वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जना जेसीलाई जेसी अफ द मन्थको अवार्ड प्रदान गरिँदै आएको छ । सोही क्रममा जेसी अफ द मन्थ जुलाई २०१८ घिमिरेलाई प्रदान गरिएको हो । उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यको थालनी गरिएको महासचिव बिनोद पाण्डेले जानकारी दिए ।
यसअघि जेसी अफ द मन्थ फेब्रुअरी उपाध्यक्ष युवराज कुँवर, मार्चको अवार्ड कार्यकारिणी उपाध्यक्ष मिक्की कार्की, अप्रिलको अवार्ड कोषाध्यक्ष जीवन खड्का, मे महिनाको अवार्ड उपाध्यक्ष अशोक चौधरी र जुन महिनाको अवार्ड तालिम संयोजक विकास बस्नेतलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार  १२ : ३३ बजे