४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आगलागी पीडितलाई वीरता जेसीज र रेडक्रसको राहत


१२ फाल्गुन २०७४, शनिबार  

0
Shares

28511765_10160109192810472_471438061_n

दुर्गापुर १२, फागुन /
झापाको कनकाई नगरपालिका–१स्थित आगलागी पीडित परिवारलाई वीरता जेसीज बिर्तामोड र नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले शनिवार राहत सामग्री प्रदान गरेका छन् ।
आगलागी पीडित लक्ष्मी गिरीको निवास स्थलमै पुगेर जेसीज र रेडक्रसको टोलीले २५ हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेका हुन् । केही दिन अघि भएको आगलागीमा गिरीको घर पूर्ण रुपमा क्षति भएको थियो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीले पीडितलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा रेडक्रसका सभापति सजेश शिवाकोटी, कनकाई–१का वडाध्यक्ष रोशनराज पोखरेल, विवेकशील साझा पार्टीका सन्तोष घिमिरेले अन्य क्षेत्रबाट पनि राहत जुटाउन पहल गर्ने बताए ।
राहत दिएर पीडित परिवारको चर्याईरहेको घाउमा मल्हमपट्टी गरेको भन्दै स्थानीय अग्रज मानबहादुर गिरीले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेल, मिकी कार्की, कानूनी सल्लाहकार दिवाकरलाल चौधरी, उपाध्यक्ष सञ्जीव घिमिरे, युवराज कुँवर, रक्तदान संयोजक ओमप्रकाश लुइँटेल लगायतको सहभागिता रहेको शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार  ८ : १२ बजे