२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

कमल गाउँपालिकाका वडा नं. १, २ र ५ का भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरणका लागि सिफारिस



कमल १९, कार्तिक / झापाको कमल गाउँपालिकामा भूमि समस्या सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा बसेको बैठकले वडा नं. १, २ र ५ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरणका लागि गाउँ कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको छ। बैठकमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलनसम्बन्धी कार्यविधि, २०८३ बमोजिम प्राप्त नामावलीमाथि छलफल गरिएको थियो। छलफलपछि आवश्यक प्रक्रिया पूरा गरेका लाभग्राहीहरूको नामावली प्रमाणीकरणका लागि गाउँ कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरिएको हो। यसअघि वडा नं. ७ बाट संकलन गरिएको नामावली पालिकास्तरबाट प्रमाणीकरण गरी सम्बन्धित निकायमा पठाइसकिएको छ। बैठकको निर्णयसँगै कमल गाउँपालिकाका थप तीन वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको नामावली प्रमाणीकरण प्रक्रिया अघि बढ्ने भएको छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  १२ : ११ बजे