२४ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025

गौरीगंज गाउँपालिकामा ‘हाम्रो गौरीगंज’ स्थानीय पाठ्यक्रमको लोकार्पण



गौरीगंज १८, साउन / गौरीगंज गाउँपालिकाले स्थानीय कला, भाषा, संस्कृति, भौगोलिक र सामाजिक विषयवस्तु समेटिएको ‘हाम्रो गौरीगंज’ नामक स्थानीय पाठ्यक्रमको औपचारिक लोकार्पण गरेको छ । कक्षा १ देखि कक्षा ८ सम्मको आधारभुत तहसम्मका वद्यार्थीहरूलाई लक्षित गर्दै तयार पारिएको यो पाठ्यक्रम गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा लागू गरिनेछ ।

गौरीगंज गाउँपालिकाको सभाहलमा आयोजित लोकार्पण समारोहमा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले पाठ्यक्रमको औपचारिक लोकार्पण गरेकी थिइन् । कार्यक्रममा उपाध्यक्ष पुजन न्यौपाने कुवँर, प्रमुख प्रशासकीय अधिकृत खेम थापा, गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापा, शिक्षा अधिकृत टंक खरेल, शिक्षा विज्ञ अशोक कलाखेती, पाठ्यक्रम निर्माण कार्यदलका सदस्य जनार्दन ढकाल, प्रधानाध्यापक गहेन्द्र विक्रम साह, र प्याब्सन गौरीगंजका अध्यक्ष श्याम राजवंशी लगायतले शुभकामना मन्तव्यसहित सुझावहरु दिएका थिए ।
पालिकाकी अध्यक्ष फुलवती राजवंशीले यो पाठ्यक्रमको लोकार्पण गाउँपालिकाको शिक्षा क्षेत्रमा नयाँ मोडको रूपमा हेरिएको बताइन् । अध्यक्ष राजवंशीले भनिन – “हामी अब पाठ्यक्रमलाई मात्र नभएर विद्यार्थीको व्यवहार, चेतना र स्थानीय पहिचान निर्माण गर्ने किसिमले पाठ्यक्रमलाई देख्नेछौँ।”

। ‘हाम्रो गौरीगंज’ पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नो समुदायको गहिरो समझ प्रदान गर्दै, उनीहरूलाई जिम्मेवार नागरिक बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने उपाध्यक्ष पुजन न्यापाने कुवँरले बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत खेम थापाले ‘हाम्रो गौरीगंज’ पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नै समुदायको पहिचान, संस्कृति, भाषा र सामाजिक संरचनाबारे गहिरो ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । उनले स्थानीय पाठ्यक्रमले शिक्षामा स्थानीय सन्दर्भ र आवश्यकतालाई समेट्ने प्रयास गरेको बताए ।

शिक्षा विज्ञ अशोक कलाखेतीले स्थानीय पाठ्यक्रम विकासको प्रक्रिया र यसको महत्त्वबारे प्रकाश पार्दै, यस्तो पाठ्यक्रमले विद्यार्थीहरूलाई आफ्नो परिवेशसँग जोड्ने र शिक्षालाई व्यवहारिक बनाउने उल्लेख गरे। उनले पाठ्यक्रम निर्माणमा स्थानीय सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

पाठ्यक्रम निर्माण कार्यदलका सदस्य जनार्दन ढकालले पाठ्यक्रम निर्माणको क्रममा स्थानीय समुदाय, शिक्षक, अभिभावक र विद्यार्थीहरूको सुझावलाई समेटिएको जानकारी दिए । उनले पाठ्यक्रममा स्थानीय चाडपर्व, भेषभूषा, भाषा, जनजीवन, प्राकृतिक स्रोतहरू, र सामाजिक संरचनालाई समावेश गरिएको बताए ।
गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापाले पाठ्यक्रमले भाषा, कला, इतिहास, भूगोल र सामाजिक विषयलाई कक्षा‑पाठमा समेटेको छ। यसले स्थानीय शिक्षणमा आत्मनिर्भरता र संस्कृतिलाई प्राथमिकता दिएर शैक्षिक गुणस्तर उकास्ने बताए ।
यो पहलले स्थानीय तहमा शिक्षाको गुणस्तर सुधार र स्थानीय सन्दर्भमा आधारित शिक्षण सिकाइ प्रक्रियालाई सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, आइतबार  ७ : ०९ बजे