२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025

मृत्युसंग लडिरहेकी शुसिला राजवंशीको सहयोगका लागि अपिल




शिवसताक्षी नपा वडा नं. १ शुक्रबारे बजार निवासी ४१ बर्षिय शुसिला राजवंशी एक आर्थिक विपन्न परिवारका सदस्य हुन। उनी विगत ३–४ बर्ष देखि अत्यन्तै सिकिस्त भई मृत्युसंग दिनरात लडिरहेकि छिन। बिराटनगरको नोवेल हस्पिटल र विराट टिचिङ हस्पिटलमा गरि ५ पटक मेजर अप्रेसन भई सकेको अवस्था छ। हाल अप्रेसन गरि नसिलाएर विजोक अवस्थामा रहेकि छिन।
विगत लामो समय देखि पटक–पटक अप्रेसन गर्दाको आर्थिक ऋण भार धेरै भईसकको र थप उपचारको लागि सम्पुर्ण आफन्तजन र संचारकर्मीसंग सहयोगको अपिल गरिरहेको हुनाले आज बैशाख २३ गते मंगलबारको दिन विहान ११ बजेको समयमा उहाको निजि निवासमा आएर संचार माध्यामबाट सकेको सहयोग र सुझावका लागि विनम्र अनुरोध गरिन्छ।
नोट ः विरामि हाल विराटनगर नजिक रहेर दिनहु हस्पिटलमा घाउ ड्रेसिङ गर्नु पर्ने हुँदा वहालाई सो दिन धरमपुर ल्याई तपाईहरुसंग भेट गराउनेछौ।
कार्यक्रम संयोजक
 दुर्गा नेम्बाङ

फोन नं. ९८१६९०८६११

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ९ : ४३ बजे