१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

गौरीगंजका प्रहरी निरीक्षक साहलाई विदाई, खड्कालाई स्वागत



गौरीगंज २२, वैशाख / इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहको सरुवा भएको छ । आज प्रहरी कार्यालय गौरीगंजको परिसरमा आयोजित भेटी भेटौला कार्यक्रमको आयोजना गरी प्रहरी निरीक्षक साहलाई विदाई गरिएको हो । उनी मधेश प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनुभएको छ । इलाका प्रहरी कार्यालय गौरीगंजमा कार्यसम्पादनको करिब ११ महिनाको बसाई पछि प्रहरी निरीक्षक साह आफूलाई समय वितेको पत्तै नभएको प्रतिक्रिया दिएका छन् ।
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट सरुवा भई इलाका प्रहरी कार्यालय गौरीगंजको प्रहरी निरिक्षकको रुपमा भुवन बाबु खड्का आउनु भएको छ । प्रहरी निरीक्षक खड्कालाई स्वागत गरिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : १० बजे