२१ बैशाख २०८२, आइतबार | Mon May 5 2025

गौरादहको फकिढिपमा साप्ताहिक महापुराणमा शनिवारसम्म ३ लाख २१ हजार सहयोग संकलन, दैनिक संगीतमय कथावाचन




गौरादह २१, वैशाख /
गौरादह नगरपालिका वार्ड नं. ७ फकिढिपमा वैशाख १७ गतेबाट शुरु गरिएको साप्ताहिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिवारसम्म ३ लाख २१ हजार ८ सय ६७ रुपैयाँ नगद सहयोग रकम संकलन भएको छ ।

श्री मुक्तेश्वर शिवालय मन्दिरको आयोजना भइरहेको साप्ताहिक श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ वैशाख २४ गतेसम्म सञ्चालन हुने पुराण आयोजक समितिले जनाएको छ ।
श्री मुक्तेश्वर शिवालय मन्दिरकोे भौतिक संरचना निर्माण, धर्मशाला निर्माण र उक्त मन्दिर क्षेत्रलाई पर्यटकिय स्थालको रुपमा विकास गर्ने उद्येश्यले श्रीमद्भागवत महापुराणको आयोजना गरिएको महापुराणमा दैनिकरुपमा पाठपूजा, कथा भजन कीर्तन, झाँकीसहित दाताहरुलाई सम्मानसमेत गरिएको छ ।
अमेरिकामा बसोबास गर्दै आएका राम भट्टराई र सपना भट्टराई परिवारले हालसम्म महापुराणमा सहयोग गर्नसहुने दाताहरुमध्ये सबैभन्दा बढी ११ हजार ११ रुपैयाँ नगद रकम सहयोग गरेका छन् भने गौरादह नगरपालिका वार्ड नं. ७ बस्ने पदम बहादुर कोइरालाले ५ हजार १ सय १० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् । मंदिरको भौतिक संरचना निर्माण, पार्क निर्माण नगद रकम र जिन्सी रकम जुटिरहेको पुराण आयोजक समितिले जनाएको छ ।

प्रमुख वाचक पं. श्री राजु दाहाल, र पं. श्री गोबिन्द पोख्रेलबाट संगीतमय कथावाचन भइरहेको छ । गौरीगंगा घाट र अन्य घाटहरुमा विश्रान्ति गर्नु हुने ज्ञात अज्ञात पितृहरुको स्मणार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमार्फत समस्त पितृहरुको सम्मानसहित नामावली राखिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : ०४ बजे