९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षा, तापक्रम घट्ने



हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यसका साथै बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

जसका प्रभावले आइतबार अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। उनका अनुसार सोमबारदेखि तापक्रम घट्नेछ।

उनका अनुसार आजै अपराह्नबाट लगभग प्रत्येक दिन वर्षाको सम्भावना छ। 

सोमबार अपराह्नबाट काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने उनले सम्भावना देखाएका छन्।

उनले सोमबारबाट तापक्रममा उल्लेखनीय कमी आउनेसमेत बताएका छन्। ता महाशाखाले भने आइतबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने प्रक्षेपण गरेको छ।

मधेसप्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। देशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको बताएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ८ : ०२ बजे