
गौरादह १३, वैशाख / झापाको गौरादह दर्पण कला संसारले लागू औषधसँग सम्बन्धित चलचित्र ‘परिणाम’ को शुभमुहुर्त सम्पन्न गरेको छ । आज शनिबार गौरादह नगरपालिका -३ स्थित धोबिनिया दशमी पार्टी प्यालेसमा लागुऔषध सम्बन्धि चलचित्रको छायांकन शुभारम्भ गरिएको हो ।
मूख्य कलाकारहरू युवराज खड्का, देवीबहादुर निरौला, पूजा निरौला, मिना बराल, भुवन खड्का, हरि बस्नेत, गंगा भट्टराई खड्का, लक्ष्मी चिमरिया, सुरेन्द्र श्रेष्ठ, नारायणचन्द्र राजवंशी र निर्मला रिमाल लगायत रहेका छन् । यस्तै, संस्थाका सचिव भुवन खड्काले दिनुभएको जानकारी अनुसार संस्थाले गौरादह नगरपालिकालाई कार्यक्षेत्र बनाएर अघि बढिरहेको संस्था दर्पणकला संसारले लागू औषध सम्बन्धि जनचेतनामूलक एक कार्यक्रम चलचित्रको माध्यमबाट नगरवासीलाई पस्कनुका साथै उक्त चलचित्रलाई गौरादह नगरपालिकाका विभिन्न स्थानहरूमा, कमल गाउँपालिकाको केही स्थानहरूमा छायांकन गर्ने साथै गौरादह जनता मा।वि, प्रगति मा।वि, स्कुलचौन मावि, डोरामारी, भद्रकाली मावि, बैगुन्धुरा अमर मा।विका विद्यार्थीहरू र गौरादह३ का महिला सञ्जालका महिला दिदीबहिनीहरुलाई कलाकारको रुपमा लिएको बताउनु भएको छ ।
चलचित्रको कथा तथा निर्देशन संस्थाका सदस्य तथा कला उपसमिति संयोजक हरि बस्नेत डिकेले गर्नुभएको छ । उक्त चलचित्रको छायांकन तथा सम्पादन मुहा क्रिएटिभ स्टुडियोले गर्ने भएको छ । शृंगार सोम मंग्रातीले गर्ने बताइएको छ ।
उक्त शुभमुहुर्त कार्यक्रममा प्रमुख अतिथि गौरादह नगर प्रमुख तथा संस्थाका संरक्षक छत्रपति सुवेदीले दर्पण कला संसार नगरको लागि नयाँ भएतापनि कार्यक्रमहरू नगरको हितको लागि भएको हुदाँ आफूले स्थानीय सरकारबाट संस्थालाई गर्नुपर्ने साथ सहयोग सदैव गर्ने बताउनुभयो । उहाँले लागू औषध सम्बन्धि छोटो चलचित्र निर्माण गर्न र चाँडै नै विमोचन गरी नगरवासीलाई लागू औषधबाट नियन्त्रणमा ल्याउनको लागि जनचेतना फैलाउने एक कार्यक्रम होस् भनि संस्थालाई शुभकामना दिनुभएको थियो ।
यस्तै, गौरादह–१ का वडा अध्यक्ष नगेन्द्र भण्डारीले संस्थालाई जुनसुकै अवस्थामा कला क्षेत्रमा साथ दिने जोड दिनुभएको थियो । गौरादह(३ का वडा अध्यक्ष दिलिप भण्डारीले समेत आफूले सकेको सक्दो आर्थिक साथै मानवीय सहयोग गर्न सदैव तत्पर रहेको भन्दै संस्थालाई शुभकामना दिनु भएको थियो ।
त्यसैगरी समितिका अध्यक्ष साथै कार्यक्रमका संयोजक प्रेम लावतीले आफ्नो संस्था साथै कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो ।
त्यसैगरी निर्देशक हरि बस्नेतले आफूले पाएको जिम्मेवारीलाई गहनताका साथ निर्वाह गर्दै तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गर्दै सम्पूर्ण कलाकारहरुलाई आफ्नो नेतृत्वमा सुटिङ सम्पन्न गरी संस्थालाई बुझाउने कुरामा जोड दिएका थिए।
कार्यक्रममा संस्थाका सल्लाकार समिति संयोजक खगेन्द्र न्यौपाने, सह(सम्योजक टेकबहादुर कार्की, सल्लाहकार सदस्य लक्ष्मी संग्रौला, विष्णु इङनाम साथै संस्थाका सम्पूर्ण पदाधिकारी साथै चलचित्रमा अभिनीत कलाकारहरूको उपस्थित रहेको थियो। संस्थाका सचिव भुवन खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।