२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

कक्षा १२ को परीक्षा सरेकाे छैन : परीक्षा बोर्ड



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी दिएकाे छ । बोर्डले विज्ञप्ति जारी गर्दै  शिक्षकहरूको आन्दोलनका कारण परीक्षा नसरेको स्पष्ट पारेकाे हाे । 

सामाजिक सञ्जालमा परीक्षा सरेकाे भन्ने  भ्रामक सूचना आएपछि बोर्ड विज्ञप्ति नै जारी गरेकाे हाे । ‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ९ : ०७ बजे