६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

फुईयाको फुरफुर



लघु कथा

फुईयाको फुरफुर (भाग –१४)

कुनै कालमा महादेव पृथ्वी भ्रमणमा आउँदा, आफ्ना भूत, प्रेत पिशाच आफ्ना सेनाका रथीलाई जिम्मा लगाउँदै भनेछन्, म बोर भए भूत प्रेत पिशाच देखि, अब देखि तेरो जिम्मा। महादेवको रथीले पनि ठिकै छ भनेर भूत, प्रेत, पिसाचलाई आफू सँगै राख्यो। समय बित्दै गयो, भूत, प्रेत, पिशाच पनि उ संगै झुम्मिन थाले। गाउँ घरमा भूत प्रेतदेखि डराउने मानिस कम हुँदै गए, भूत प्रेतबाट तर्सिएर धामी झाँक्रीकोमा झारफुक गर्न जाने जनसंख्या घट्न थाल्यो।। समाजमा सुधार देखियो। समाजले विज्ञानको बाटो देख्यो, अस्पताल र डाक्टरको माग भयो, विश्वास गर्नेलाई रथीले शास्त्र थमाइयो। यस्तो घटना देख्न स्वयं महादेव आफैं आश्चर्य चकित भएर पुनः एक दिन आफ्ना रथीलाई सोधे, हैन के भयो ? तब रथीले भन्यो, क्रान्ति…..क्रान्ति भयो प्रभू । कसरी ? महादेवले सोधे, म सुत्दा, भूत प्रेत नी निदाउँछन्, अनि कसले तर्साउने ? फुईयाको फुरफुर ।

फुईयाको फुरफुर ( भाग– १५)

उसले धामी झाँक्री एबम् कर्मकाण्ड गर्ने पण्डितलाई धाम पुर्याउने विमानको लागि बसेका टिकट काउन्टरका सञ्चालकको संज्ञा दियो। उसको घोषणा क्रान्तिकारी थियो। धामी झाँक्रीले झारफुक गर्दा निको नभएर आफ्नो प्राण गुमाएका प्रति उसले एक मिनेट मौन धारण गर्यो। सिद्धि खोजेर प्राप्त गर्दा सबै सिद्ध हुन्थे। धामी झाँक्रीले पनि आफू विरामी हुँदा आँफैले आफूलाई स्वयं फुकेर निको पार्दथे। जब धामी झाँक्री आँफैले विज्ञान र डाक्टर खोज्दछन् तब हामीले उनीहरूबाट कस्तो उपचारको आशा गर्नु ? उसको प्रश्न जटिल थियो, तर पनि एक धामीले बोल्यो, डाक्टर बाट उपचार नहुने कुराको उपचार हामी गर्दछौँ। तब उसले बोल्यो, के मन्त्र बलले सबै समस्याको हल हुन्छ ? त्यसो भए मन्त्र जपेर समस्याको हल गरु ? धामी झाँक्रीकोमा आएका श्रद्धालु भक्तजनले पनि कैलाशयात्री हुनु पर्ने सम्भावना देखें। उसको क्रान्ति सफल भयो। अब टिकट काट्न धर्मको काउन्टर जानु पर्दैन, बिना दलाल कर्म र जीवन अनुसार सबै कैलाश जान पाउने। उसले बोल्यो फुईयाको फुरफुर।

फुईयाको फुरफुर (भाग–१६)

सारा विश्वले फेब्रुअरी १४ मा प्रणय दिवस मनाउँदछ, तर उ अलग छ, उ अप्रिल फूल को दिन प्रेम प्रस्ताव राख्दछ। उसले विचार गर्यो, अप्रिल फूलको दिन प्रेम प्रस्ताव राख्दा, उत्तर नो आए पनि, ह्याप्पी अप्रिल फूलू भन्न पाइन्छ। तर यसमा पनि द्विविधा आयो। उत्तर यस आएर आफूलाई पनि अप्रिल फूल भने भने आफूले के गर्ने। त्यसपछि उसले जुक्ति निकाल्यो, आफूलाई पनि त्यही क्यालिबरको जवाफ आए, थ्यांक युू भन्ने, अनि प्रणय दिवस नै पर्खिने। उसले आफ्नो जुक्ति आँफैसँग राख्यो, र आएको अप्रिल फूलको दिन, उसले प्रेम प्रस्ताव राखेर भन्यो ूह्यापी अप्रिल फूल, नतिजा उ ब्लक भयो। फुईयाको फुरफुर ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ६ : ३९ बजे