२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

५ सय जनाको मुटु परिक्षण


२० चैत्र २०७२, शनिबार  

0
Shares

बिर्तामोड २०, चैत / झापाको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्ता सिटी हस्पिटलमा शुक्रवारबाट शुरु भएको गम्भीर मुटु रोगीहरुको विशेष उपचार सम्बन्धी नि:शुल्क शिविर शनिवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड, वीरता जेसीज र उक्त हस्पिटलले संयुक्त रुपमा आयोजना गरेको शिविरमा ५०० जनाको मुटु परीक्षण गरिएको छ । जसमा नि:शुल्क रुपमा दुई सय १८ जनाको इसीजी र एक सय ८१ जनाको इको गरिएको रेडक्रस बिर्तामोडका सभापति तथा वीरता जेसीजका अध्यक्ष सजेश शिवाकोटीले जानकारी दिए ।
वरिष्ठ मटुरोग विशेषज्ञ प्रोफेसर डाक्टर भगवान कोइराला सहित काठमाडौंबाट आएका डा. हेमन्त श्रेष्ठ, डा. रवि बराल, डा. सूर्य पाठक तथा बिर्ता सिटी हस्पिटलका मेडिकल डाइरेक्टर तथा मुटुरोग विशेषज्ञ डा. अनिलकुमार बस्नेतले मुटु रोगीको परीक्षण तथा उपचार गरेका थिए ।
शिविर समापन समारोह हस्पिटलका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको थियो । सो अवसरमा हस्पिटलको तर्फबाट अध्यक्ष बस्नेत तथा रेडक्रस र जेसीजको तर्फबाट शिवाकोटीले चिकित्सक टोलसहित सहयोगीलाई मायाको चिनो प्रदान गरेका थिए ।  कार्यक्रमको सञ्चालन रेडक्रसका सचिव तथा जेसीजका कोषाध्यक्ष एकराज गिरीले गरेका थिए ।
शिविरमा मनमोहन कार्डियो थोरासिस, टिचिङ हस्पिटल काठमाडौं, शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौं र बिर्ता सिटी हस्पिटलमा उपचार गराई रहेका तथा अन्य मुटुका गम्भीर रोगीहरुको उपचार गरिएको  हस्पिटलका कार्यकारी निर्देशक आनन्दकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७२, शनिबार  १ : ४१ बजे