
गौरीगंज ४, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं.१ को आर्थिक सहयोगमा आज आइतवार वडा स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यता र वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा भएको खेलकुद प्रतियोगितामा खेलका विभिन्न विधाहरुमा वडाका ७ वटा आधारभुत विद्यालयका विद्यार्थीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित जनकल्याण आधारभुत विद्यालयमा आयोजित प्रतियोगिता अन्तर्गत बुद्विचाल, हाजिरी जवाफ, तातो आलु, भित्री बाहिरी, बेलुन फुटाउनेलगायतको खेलहरुमा प्रतिस्पर्धा गराइएको थियो । जनकल्याण आधारभुत विद्यालयको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि फूलवती राजवंशी, वडा अध्यक्ष कार्तिकलाल राजवंशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल चन्द्रसिंह राजवंशी, वडा सदस्य कृष्ण प्रसाद महतो, प्रअ टेकनारायाण राजवंशी, प्र.अ. भिम कोइराला, डन भिलेज इङ्गलिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गोपाल ढुंगेललगायतले शुभ कामना व्यक्त गरेका थिए । विजेता छात्र छात्राहरुलाई प्रमाणपत्रसहित नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।



                                

                    
                





