२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

राजवंशी समाज दुई चिरामा कहिले सम्म ?



विराटनगर / राजवंशी समाज विवादित भएको समय धेरै नै भयो । भाषा, कला, संस्कृति एक तर विवादित जातिय समाज विकास संस्था । एक स्थापना दिवस दुई स्थानमा एक संस्था । भाक्का दिवस दुई स्थान एक संस्था । सम्मान कार्यक्रम एक संस्था, दुई फरक—फरक सम्मान । यस विषयमा म, तपाईँ र हामी जस्तो पढेलेखेका विद्वान भनिने समाजका अगुवा सबै नेता, मन्त्री र समाजका समाजसेवी भनिने र मानिने सबै के बुझनु भयो ? यो सानो विषय लाग्ला तर समाजको लागि ठुलो प्रश्न पनि खडा भएको छ । राजवंशी समाजका भावि पुस्तालाई शिक्षा के दिने र यस हाम्रो व्यवहारले आउने संततीले के शिक्षा पाउनेछन् ? यहि कारणले पनि समाजमा विकृति र विसंति बढिरहेको छ भने समाजका केहि पक्ष सो विषयवस्तुमा गम्भिर छन् भन्ने केहि मौन छन् ।

अहिले विभिन्न मिडिया तथा सामाजिक सञ्जालमार्फत राजवंशी खानाको परिकार भाक्का दिवसको प्रचारप्रसार तिव्रगतिमा भइरहेको हेर्न सक्नुहुन्छ । हो त्यहि भाक्का दिवसको अवसरमा हामीले सिङ्गो नेपालको राजवंशी जातिको छाता संस्था राजवंशी समाज विकास समितिले गर्न लागिएको विषय तथा तत्कालिन अवस्था बारे संस्थापक अध्यक्ष फुलसिङ्ग राजवंशीसंग केहि विषयमा कुरा गरेका छौँ ।

राजवंशी समाज विकास समितिको संस्थापक अध्यक्ष फुलसिङ्ग राजवंशी भाक्का दिवसको अवसरमा समाजमा भएको विवादित विषयलाई लिएर ग्रामीणसंग आज फोन सम्पर्कमा दुःख व्यक्त गरेका छन् । राजवंशी समाज विकास समितिमा दुई पटक भएको महाधिवेशन र विषेश महाधिवेशनको कारणले समाज दुई कित्तामा विभाजित भएको विषयलाई लिएर संस्थापकले दुःख व्यत्त गरे । भएको महाधिवेशन मोरङ्गको कटहरी र विषेश महाधिवेशन झापा दुई कित्तामा विभाजित भएको थियो । त्यस पश्चात गत केहि वर्ष देखि भएको विवाद अहिलेसम्म नटुङ्गिीद संस्थापक अध्यक्ष फुलसिङ्ग राजवंशी अत्यन्तै चिन्तीत बनेका छन् ।

जातिय संस्था एक सिङ्गो राजवंशी समाजमा भएको दुःख र सुखमा साथ दिदै जातिय संस्थालगायत समाजमा भएको समस्या समाधान तर्फ हुनुपर्ने तर यहाँ “ को भन्दा को ठुलो ” र “ को भन्दा को सानो ” दम्भले सिङ्गो समाज समस्यामा परिरहेको बताए । उत्त लडाइले राजवंशी समाज अन्योलमा गइरहेको संस्थापक अध्यक्ष फुलसिङ्ग राजवंशीले ग्रामीणसँग कुरा गर्दै दुःख व्यत्त गरे । समाजलाई सहि र वास्तिविक विकास कसरी हुन्छन् र सहि के हो र गलत के हो भन्ने विषयमा छलफल र अन्तकृया गर्नुपर्ने तर समाज अराजकता तर्फ जाँदै गरेको दुख व्यत्त गरे । समाजको हित कसरी हुन्छन् भन्ने विषय लिएर अगार्डि बढाउँदै जानेहुन्छन् । नकि मुद्दा र विवाद गर्ने हुन्छन् । एक भन्छन् म अध्यक्ष, कोही भन्छन् म अध्यक्ष । जातिय संस्थाले नेपालको सिङ्गो राजवंशी समाजको रक्षा र हितकालागि मात्रै काम गर्नु हुनुपर्छ नकि समाज तनावग्रस्त, अन्योल र विवादितपुर्ण बनाउने हो ।

कुरा गर्दै भन्नुहुन्छन् “ भाषा, कला, संस्कृति र रितिरिवाज, पौराणिक परम्परागत संस्कार एक तर संस्था दुई कसरी हुनसक्छ ? । एक स्थापना दिवस दुई स्थानमा एकै संस्था । भाक्का दिवस दुई स्थान एक संस्था । सम्मान कार्यक्रम एक संस्था दुई फरक—फरक सम्मान भएकोले समाज राजनितिक र समाजको स्वाधिन्ता माथि खतरा हुन नस्कने भन्न सकिन्न भनेर ” उहाँले बताए । मेरो घर आएर छलफल गरि दुई पक्ष बाहेक अन्य तेस्रो व्यत्ति तथा अर्को अध्यक्ष बनाउनुपर्छ भनि राजवंशीले बताएका छन् ।

यस विषयमा म, तपाईँ र हामी जस्तो पढेलेखेका विद्वान भनिने नेता, मन्त्री र समाजका समाजसेवी भनिने र मानिने सबै के बुझनु भयो ? यो सानो विषय लाग्ला तर समाजको लागि ठुलो प्रश्न पनि खडा भएको छ ।

मिति २०४० साल पञ्चायत समयमा राजवंशी समाज विकास समिति पहिले भद्रपुर स्थित एक नगर समिति थिए नाम “ राजवंशी भाषा प्रचार समिति ” मा मात्रै सिमित थियो । पछिल्लो समय राजवंशी भाषा प्रचार समितिबाट नाम परिवर्तन गरी राजवंशी समाज विकास समिति झापा जिल्ला प्रसाशनमा मिति २०६३ साल पुष ५ गते दर्ता भएको थियो । । आज सोही संस्थालाई राजवंशी समाजमा छोटोकरीमा रासविस पनि भन्ने गरिएको छ ।

सुरेश आले मगर महासचिव भएको समयमा मिति २०४८ सालमा नेपाल जनजाति माहासङ्गमा तर्दथ समिति बनाई सदस्य सूचिकृत भएको राजवंशी भाषा प्रचार समिति आज नाम परिवर्तन भई राजवंशी समाज विकास समिति बन्न पुगेको हो ।

अहिले पुर्वी नेपालको तराई भुभागमा राजवंशी भुमीपुत्रहरुको रुपमा स्थाई बसोवास गर्दै आएका छन् । झापा, मोरङ्ग र सुनसरी लगायत देशभर चिसो मौसममा स्वादिष्ट तातो भाक्काको स्वाद लिन बजारका सहर र मुख्य बजार लगायत गाउँ – गाउँमा चौक—चौकमा भाक्का खानेहरुको भिडभाड विहान र बेलुकी देखिन्छन् । सो भाक्का खाने दिन नेपालको मोरङ्ग र झापा जिल्लामा एक जातिय संस्था तर दुई स्थानमा भाक्का दिवस कार्यक्रम गर्न लागिएको हो । राजवंशी समाजको महाधिवेशनबाट पहिलो समिति केन्द्रीय अध्यक्ष सुबन्त राजवंशीको नेतृत्वको भाक्का दिवस झापाको भद्रपुरमा पुष २८ गते हुदैछन् भन्ने विषेश महाधिवेशनबाट दोस्रो अभय राजवंशीको नेतृत्वको केन्द्रीय अध्यक्ष भएको समितिले झापाको डोमालाल राजवंशी रङ्गसालामा पुष २९ गते हुने भएको छ ।

निष्कर्ष
जातिय संस्था एक समाजको विकास र प्रगति मात्रै हेर्ने संस्था हुनुपर्छ नकि समाजको दुर्गती । समाजलाई कसरी बचाउन र राम्रो बनाउन सकिन्छ सो विषयलाई लिएर छलफल तथा अन्तकृया गरि समाधान गर्ने हो । अहिले पनि केही विग्रेको छैनन् त पकै भन्न सकिन्न् तर सुधार गर्नै सकिदैनन् पनि भन्न सकिन्न । यस विषयमा समाजका अगुवा पुर्व मन्त्री, सांसद, समाजका नेता, समाजसेवि र बुद्विजीवि भनिने र मानिने सबै यस विषयमा वृहत् छलफल गर्न जरुरी छन् । र पढेलेखेका समाजका विद्वान यूवाहरुले सो विषय वस्तुमा चासो दिन जरुरी रहेको छ ।

(राष्ट्रिय ग्रामीण पत्रिकाबाट साभार)

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : १० बजे