१३ मंसिर २०८२, शुक्रबार | Sat Nov 29 2025

दाउरा खोज्न गएकी राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु



झापा१७ , पुष / दाउरा खोज्न कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज मध्यान्ह कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएकोमा सोही ठाउँ बस्ने बर्ष ३५ की केलाबत्ती राजवंशीलाई एउटा जंगली हात्तीले लखेटेको थियो । उनी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला परेकी थिइन् ।

उनलाई साँझ ४ः४० बजे फेला पारी उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याई थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकोमा साँझ ५ः१० बजे अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : ४५ बजे