गौरीगंज २०, मंसिर / २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा गौरीगंज गाउँपालिकाका ६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । पालिकाको ६ वटै वडाको एक –एक जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । गाउँपालिकाले उनीहरुको कार्यसम्पादन र औसत प्रगतिको आधारमा सम्मान गरिएको हो । गौरीगंज गाउँपालिका वार्ड नं. १ का सकुना दाहाल, वार्ड नं. २ का भद्रा राजवंशी, वार्ड नं. ३ का रेखा राजवंशी, वार्ड नं. ४ का सिमा राजवंशी, वार्ड नं. ५ का सुलेखा कुमारी गन्गाई र वार्ड नं. ६ का चन्द्रकला कार्कीलाई सम्मान गरिएको छ । गौरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवर, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम’ अन्तर्गत झापाका १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही १२ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
कार्यक्रममा मञ्जु नेपाल मेचीनगर, रमला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, बिमलादेवी भट्टराई कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा घिमिरे नेपाल कचनकवललाई सम्मान गरिएको हो ।