२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित कनकाई नदी बाँध भत्कियो, बस्तीमा पानी पस्दा स्थानीयलाई समस्या



गौरीगंज १२, असोज/ गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित इश्वर बस्ती उत्तर पूर्व कन्काई खोलाको बाँध भत्किएको छ । आज करिब ६ः३० बजे बेलुका हुलाकी सडकको उत्तर पट्टि कन्काई खोलाको बाँध भत्किएपछि खोलाको पानी वस्तीमा पसेको छ भने बस्तीका मानिसहरु धमाधम घरका सरसमान र वस्तुभाउ नजिकैको सुरक्षित स्थानमा सारिदै गरेको वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिएका छन् । बाँध फुटे सँगै वडा नं १ को ईश्वर बस्ती, टप्पु बस्ती, धानगाडा र भिम सुब्बाको बस्ती डुवाउने खतरा बढेको छ । त्यसैगरि पानीको बहाबले हुलाकी सडक भत्काए होकलवाडी र चौरी समेत खतरामा पर्ने प्रवल सम्भावना रहेको स्थानीय केशव प्रसाद भट्टराइले बताए । चारअलि स्थित सेनाको टिम पनि केही बेरमा घटना स्थलमा आइपुग्ग्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : ०३ बजे