२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन सरकारकाे आग्रह



भारी वर्षाका कारण शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन सरकारले आग्रह गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउन अनुराेध गरेकाे हाे ।

जल तथा मौसम विज्ञान विभागले आजदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेकाे भन्दै चेतावनी दिएपछि प्राधिकरणले यस्ताे अनुराेध गरेकाे हाे । त्यसैले, मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टकाे निर्णय अनुसार वर्षाको रातकाे  समयमा यात्रा गर्दा पहिराे तथा बाढीकाे जाेखिमका रहेका हिमाली तथा पहाडी जिल्लाहरुमा भोलि र पर्सि रात्रिकालीन बस नचलाउन सुझाव दिइएकाे हाे ।

साे अवधिभर अत्यन्त जरूरी अवस्थामा बाहेक यात्रा नगर्न पनि प्राधिकरणका उपसचिव तथा प्रवक्ता डा. डिजन भट्टराइले अनुराेध गरेका छन्

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ७ : १२ बजे