३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गौरीगंजमा वृहत निःशुल्क स्वास्थ्य शिविरमा ५३३ जना सेवाग्राहीले स्वास्थ्य लाभ लिए



गौरीगंज २९, भाद्र / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित बैजेश्वर शिवालय मन्दिर खजुरगाछीको आयोजनामा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र बैजेश्वर शिवालय मन्दिरका शंकराचार्य हेमानन्द गिरी , वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव र चिकित्सकहरुसंगको परिचयात्मक कार्यक्रम पश्चात स्वास्थ्य शिविर शुरु गरिएको थियो । उक्त शिविरमा ५३३ जना सेवाग्राहीले स्वास्थ्य लाभ लिएका छन् । बैजेश्वर शिवालय मन्दिरको सभाहलमा सम्पन्न शिविरमा विराटनगर स्थित सप्तकोशी अस्पताल, कोशी अञ्चल अस्पताल र हाम्रो अस्पतालका वरिष्ट चिकित्सकद्वारा स्वास्थ्य सेवा दिइएको थियो । शिविरमा निशुल्क औषधि समेत वितरण गरिएको थियो । भिडियो एक्सरे सेवासमेत उपलब्ध भएको शिविरमा वालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, पाइल्स रोग विशेषज्ञ, वरिष्ठ रेडियोलोजिष्टबाट सेवा दिइएको थियो । शिविरमा गोल्डमेडलिष्ट तथा डा. योगेन्द्र मिश्र, वरिष्ठ सर्जन सुनिल चन्द्र अधिकारी, वरिष्ठ स्त्रीरोग विशेषज्ञ गिता कार्की, वाल रोग विशेषज्ञ ममता झा, बरिष्ठ रेडियोलोजिष्ट डा.योगेन्द्र पाठक र वरिष्ठ फिजिशियन रविन्द्र मिश्रलगायतका चिकित्सकहरुले सेवा दिएका थिए ।
यो भन्दा अघि वैजेश्वरनाथ मन्दिरको आयोजनामा कृतिम खुटटा र हात निशुल्कमा प्रत्यारोपण शिविर सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ७ : ५४ बजे