३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कोच प्रवासी मञ्चको वार्षिक उत्सव गौरीगंजमा मनाइने


११ कार्तिक २०७४, शनिबार  

0
Shares

kochila1
गौरीगंज ११, कार्तिक / कोच प्रवासी मञ्चले आफ्नो दोस्रो वार्षिक उत्सव भव्यताकासाथ गौरीगंजमा मनाउने भएको छ । झापाको गौरीगंजमा आज बसेको विस्तारित बैठकले कार्तिक १६ गते गौरीगंजमा मनाउने निर्णय गरेको हो । मञ्चका अध्यक्ष खेमराज ताजपुरियाको अध्यक्षतामा बसेको बैठकले वार्षिक उत्सव सम्पन्नका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ । व्यवस्थापन समितिको संयोजकमा खेमराज ताजपुरिया, सदस्यमा मोहनसिंह राजवंशी, हेमनसरी राजवंशी, वविता राजवंशीलाई वैठकले निर्णय गरेको छ । मञ्चले वार्षिक उत्सवको अवसरमा गौरीगंज गाउ“पालिका अन्तर्गत मावि विद्यालयका विद्यार्थी बीच कोच मातृभाषामा वतृत्वकला प्रतियोगिाताको आयोजना गरिने मञ्चका अध्यक्ष खेमराज ताजपुरियाले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार रुपैया“ पुरस्कार दिने जनाएको छ । प्रतियोगितामा सान्त्वना तथा प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । मञ्चको विभिन्न मुलुक मलेशिया, दुवई, कतार, साउदी, कुवेत, बहराइन, इजरायल, अष्ट्रेलियालगायतका देशहरुमा सदस्य रहेको जनाएको छ । मञ्चले विगत तीन वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको मञ्चका उपाध्यक्ष हेमनसरी राजवंशीले जानकारी दिए । बैठकले विधान निर्माण र दर्ता प्रक्रियालाई अघि बढाउन मञ्चका अध्यक्ष खेमराज ताजपुरिया र महासचिव मोहनसिंह राजवंशीलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७४, शनिबार  ११ : ५४ बजे