४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अपाङ्गता भएका व्यत्तिलाई निशुल्क शौचालय


१७ जेष्ठ २०७४, बुधबार  

0
Shares

toilet photo

गौरीगंज / नेपाल अपाङ्ग मानवअधिकार महासंघ गौरीगंज संयुत्त ५ र ६ वडा स्तरीय समितिले ४० जना अपाङ्गता भएका परिवारलाई आज निशुल्क शौचालयका सामग्री वितरण गरेको छ । गौरीगंज गाउ“पालिका संयुत्त वडा कार्यालय ५ रु ६ खजुरगाछीमा भएको कार्यक्रममा राष्ट्रिय अपाङ मानवअधिकार महासंघका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि पिताम्बर घिमिरे वितरण गरेका थिए । ५ र ६ संयुक्त वडा कार्यालयको २ लाख रुपैयाको आर्थिक अनुदानबाट शौचालय सामाग्री वितरण गरिएको हो । नेपाल अपाङ्ग मानवअधिकार महासंघ गौरीगंज संयुत्त वडा कार्यालयका ५ र ६ का अध्यक्ष शेरमान बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि दमक अपाङ्ग संघका महिला सदस्य पार्वता श्रेष्ठ, अतिथिमा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो । महासंघ गौरीगंजका सदस्य कृष्ण प्रसाद राजवंशीको स्वागत तथा सञ्चालन महासंघ गौरीगंजका सचिव दयानन्द यादवको थियो । गौरीगंज गाउ“पालिका संयुत्त वडा ५ र ६ मा ९६ जना अपाङ्गता भएका व्यक्ति रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार  १ : ३३ बजे