७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा निर्मला लिम्बु नियुक्त



मोरङ २६, साउन / कोशी प्रदेशको नव नियुक्त स्वास्थ्य मन्त्री निर्मला लिम्बुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । जनता समाजवादी पार्टी (जसपाकी) संसदीय दलकी नेता निर्मला लिम्बुले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेकी हुन् । 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै  स्वास्थ्य मन्त्रीमा लिम्बुलाई नियुक्त गरेका थिए । यस अघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि लिम्बु स्वास्थ्य मन्त्री थिइन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रीमा लिम्बु थपिए पछि  मन्त्रिपरिषद् बिस्तार भएर ५ सदस्यीय भएको छ । कोशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । अब, ४ जना मन्त्री नियुक्त भएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने छ । कोशी प्रदेशमा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको  सर्वोच्च अदालतको नियुक्ती खारेज गरेको थियो । सभामुखको समर्थनमा मुख्यमन्त्री बनेको भन्दै सर्वोच्चले नियुक्ती खारेज गरेपछि  थापा पुनः साउन १६ गते बहुमतका आधारमा  मुख्यमन्त्री नियुक्त भएका हुन् । कोशी प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार वटा दलको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भए पनि तीन वटा दल मात्रै मन्त्रिपरिषद्मा सहभागी भएका थिए । कोशी प्रदेशमा नेपाली काङ्ग्रेसबाट  खानेपानी सिँचाइ तथा  उर्जा मन्त्री  प्रदीपकुमार सुनुवार, नेकपा एकिकृत समाजवादीबाट  भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जगेवु, नेकपा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम साउन १७ गते नियुक्त भएका थिए । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ७ : ३८ बजे