१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

पुनर्संरचना आयोगको प्रतिवेदन प्रधानमन्त्रीले आज बुझ्दै


२२ पुस २०७३, शुक्रबार  

0
Shares

prachanda1काठमाडौं २२, पुष / प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले स्थानीय निकाय पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन आज दिउँसो बुझ्ने भएका छन्।

यसअघि आयोग पदाधिकारीले पटकपटक समय माग्दा पनि नदिएपछि पत्र नै पठाएको थियो। आज दिउँसो साढे ४ बजे आयोगको प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्न लागेको हो।

आयोगले संविधान अनुसार गाउँपालिका, नगरपालिका, स्वायत्त क्षेत्र तथा विशेष संरक्षण क्षेत्रको समेत अवधारण सहितको प्रतिवेदन तयार पारेको छ।

प्रकाशित मिति : २२ पुस २०७३, शुक्रबार  ८ : ०६ बजे