६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज गाउँपालिकाका उपाध्यक्षसहित वार्ड अध्यक्षहरूद्वारा परिक्षा वदर गर्न माग



गाैरीगंज २६, पुस / गाैरीगंज गाउँपालिकाले लिएकाे कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुपरिवेक्षककाे परिक्षा बदर गर्न माग गरेकाे छ ।
परिक्षा समितिले लिएकाे लिखित परिक्षा र साे परिक्षाकाे परिक्षाफल लाेकसेवा अायाेगकाे मापदण्ड विपरित भएकाे भन्दै आज साेमवार गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापासहित ५ जना वडाअध्यक्षहरूले परिक्षा वदर गर्न निवेदन दिएका हुन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताे, वार्ड नं. २ का वडा अध्यक्ष अघ्नुप्रसाद राजवंशी, वार्ड नं. ४ का वडा अध्यक्ष कुलप्रसाद गिरी, वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, वार्डनं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवले प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठलाई निवेदन दिएका हुन् ।
गाउँपालिकाकाे परिक्षा समितिले पुस २४ गते कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुवरिवेक्षककाे लिखित र पुस २५ गते प्रयाेगात्मक तथा अन्तर्वार्ता लिएकाे थियाे ।
त्यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ प्रदेश क समितिका सभापति जिवन कुमार राईकाे नेतृत्वमा एक टाेलीले गाउँपालिकाले स्थगित गरेकाे परिक्षाकाे विषयमा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाई ध्यानाकर्षण गराए थिए । टाेलीले गाउँपालिकाले लिएकाे कम्प्युटर प्राविधिक कार्यालय सहायक, गणक र सुपरिवेक्षककाे लिखित परिक्षा लाेकसेवा आयाेगकाे मापदण्डमा नभएकाे भन्दै परिक्षालाई निष्पक्ष, धादलीरहित र याेग्य उम्मेदवारलाई छनाैट गरी विधि र प्रक्रियामा परिक्षा सञ्चालन गर्नु पर्ने माग गरेकाे थियाे ।

लिखित परिक्षामा सफल भएका उम्मेदवारले गाैरीगंज गाउँपालिकाका प्रशासकीय अधिकृत सन्ताेष श्रेष्ठलाई परिक्षा धाधलीपुर्णरूपमा भएकाेले परिक्षा स्थगित गर्नु पर्ने निवेदन हिजाे आईतवार निवेदन दिएका थिए । उत्त निवेदन उपर कार्वाही भई प्रशासकीय अधिकृत तथा परिक्षा समितिका संयाेजक सन्ताेष श्रेष्ठले परिक्षा स्थगितकाे सुचना गरेका थिए । गाउँपालिकाका अध्यक्ष र सम्वन्धित व्यक्तिकाे मिलेमताेमा प्रयाेगात्मक र अन्तर्वार्ता लिने कार्य भएकाेले परिक्षा स्थगित गर्नु भनी उम्मेदवारले दिएकाे निवेदनमा उल्लेख छ ।
गाउँपालिकाले कम्प्युटर प्राविधिक कार्यालय सहायक र गणककाे हिजाे ४८ जनाकाे लिखित परिक्षाकाे नतिजा प्रकाशन गरेकाे थियाे भने सुवरिवेक्षक सहायक पाचाैं तहकाे लिखित परिक्षामा ४ जनाकाे नतिजा प्रकाशन गरेकाे थियाे ।
परिक्षामा सामेल भएका एक उम्मेदवारले भने – ‘ गाउँपालिकाले लाेकसेवा परिक्षाकाे मापदण्डमा परिक्षा हुन्छ भनेकाे थियाे तर सरहरूले त अन्तर्वार्तामा हामीलाई नाम र घरकाे ठेगाना मात्र साेधेर जान भने ।’

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ४८ बजे