२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

पन्चायत भन्दा बदनाम कम्युनिष्ट सरकार : जसपा नेता चेम्जोङ


२७ मंसिर २०७७, शनिबार  

0
Shares

 


इटहरी २७, मंसिर /
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाएका छन् ।
शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश पार्टी कार्यालयमा प्रेस नेपालद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व मन्त्री चेम्जोङले नेकपा पार्टी सत्ता सन्चालनमा असफल भएसँगै आन्तरिक पार्टी समिकरणमा समेत असफल भैसकेको दावी गरेका हुन् ।
भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने ओली सरकारले भ्रष्टाचार र कमिसनको खेलमा अन्तर्राष्ट्रियस्तरमै रेकर्ड बनाएको भन्दै चेम्जोङले सरकारको आलोचना समेत गरे ।
उनले भने -‘अब पार्टी समायोजन प्रकृया सकिए लगत्तै हामी भ्रष्ट ओली सरकार विरुद्ध आन्दोलनमा जानेछौं ।’
हिजोका दिनमा कांग्रेस र कम्युनिष्टको विकल्प नरहे पनि अब मुलुकको लागि नयाँ विकल्पका रूपमा जसपा अघि आएको चेम्जोङले जिकिर गरे । ‘सुशासन, विभेदको अन्त्य, पहिचानको प्रत्याभूति र राज्यका सबै अङ्गमा नेपाली समाजको बनोट अनुसारको समावेशी प्रतिनिधित्वको ग्यारेन्टी हाम्रो मूल लक्ष्य हो’, उनले भने ।
जसपाले १० जोड १ को मुद्दा छोडेको हो त ? भन्ने सन्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै चेम्जोङले पार्टीको लक्ष्य १० जोड १ सहितको सङ्घीय प्रदेश ल्याउने नै रहेको स्पष्ट पार्दै संविधान संशोधन गरेर लक्ष्यमा पुग्ने बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  १० : २६ बजे