३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

प्रहरीमा पाँच हजार भन्दा बढी जागिर खुल्याे


२ कार्तिक २०७७, आइतबार  

0
Shares

गाैरीगंज २, कार्तिक/नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरीका लागि आवेदन खुला गरेको छ। प्रहरी प्रधान कार्यालयले विज्ञापन खुलाउँदै कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी जवान (जनपद) का लागि आवेदन खुलाएको हो।  

जसमध्ये खुलातर्फ दुई हजार आठ सय १७ कोटा छ भने अरू समावेशीतर्फ रहेको छ। समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि सात सय ३७ वटा कोटा छ। महिलातर्फ चार सय ४१ जना मागेको छ।

कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र इच्छुकले फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिनेछ। दरखास्त फारमको एक सय ५० दस्तुर लाग्ने छ।

06:57:17

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : १४ बजे