४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

टिकटक प्रतियोगितामा प्रथमलाई १ लाख ५० हजार पुरस्कार


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

सुनसरी / प्रदेश नम्बर १ स्थित सुनसरीमा स्थापना भएको सदाबहार मिडिया प्रालिद्वारा आयोजित राष्ट्रिय टिकटक प्रतियोगिता २०७७ मा पहिलो चरणअन्तर्गत प्रतियोगीहरुको उत्साहजनक सहभागिता भइरहेको छ ।
भाद्र १३ बाट सुरु भएको उक्त प्रतियोगितामा २८ गतेसम्म सहभागीले भिडियो पठाइसक्नुपर्ने आयोजकले बताएको छ ।
पहिलो चरणमा सम्पुर्ण सहभागी प्रतियोगीहरु मध्ये बाट उत्कृष्ट एक सय जना भिडियोमा आएको भ्युजको आधारमा छनौट गरिने छ । त्यस्तै, प्रतियोगीतामा उत्कृष्ट २० सम्म भ्युजको आधारमा मुल्यांकन गरिने छ । भिडियो पठाउँदा १० सेकेण्ड भन्दा लामो हुनुपर्ने, अश्लीलता भएको भिडियो अमान्य हुने, कुनै जात, धर्म, पेशा, समुदाय र राष्ट्रियतामा आच आउने खालको भिडियो भएमा मान्य नहुने जस्ता नियम राखिएको प्रवक्ता चौलागाँईले बताए ।
`भिडभाड रहित दशै तिहार मनाऔ, शसामाजिक दुरी कायम गर्दै टिकटकमा रमाऔ´ भन्ने नाराका साथ राष्ट्रव्यापी संचालित भएको प्रतियोगितामा नेपाल स्थायी बसोबास गरि हाल बिश्वका जुनसुकै ठाउमा भएकाले पनि सहभागी हुन पाउने सदाबहार मिडिया प्रालिका बिजयकुमार राउतले बताए। प्रबिधिको उच्चतम प्रयोग गर्दै राष्ट्रिय भाषा, संस्कृतिको सम्बर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै अध्यक्ष राउतले भने, नेपालमा लगभग टिकटक प्रयोगकर्ता छन् । त्यसैले पनि हामीकहाँ प्रतियोगिता सुरु भएको तीन बितिसक्दा २६ जिल्लाका प्रतियोगिहरुको उत्साहजनक सहभागीता छ ।
नेपालमै पहिलोपटक ठूलो धनराशि पुरस्कार भएको आयोजकको दाबी रहेको छ । कार्यक्रमको प्रथम विजेतालाई १ लाख ५० हजार, द्वितीय र तृतीयलाई क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । साथमा उत्कृष्ट तीन बिजेतालाई नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट रु. ५ लाख बराबरको जीवन बिमा पोलिसि लगाएतका पुरस्कारहरु रहेका छन् ।
प्रतियोगीतामा भाग लिने सहभागीहरुले एक सय आवेदन शुल्क इ-सेवा, खल्ती एप मार्फत बुझाउनुपर्ने कार्यक्रम आर्थीक संयोजक भरत खड्का जानकारी दिए ।
भोटिङको आधारमा टप २० देखि उत्कृष्ट १५, १०, ५ ,३ बाट फाईनल गरि विजेता घोषण गरिने चौलागाँईले जनाए । उनका अनुसार भोटिङको लागि नेपाल टेलिकमसँग समन्वय गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  १० : ०४ बजे