१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज ट्राफिककाे दुर्घटना न्युनिकरणका लागि ट्याक्टरहरूमा रिफ्लेक्टर टाँस


८ माघ २०७६, बुधबार  

0
Shares

20200122_210312
गाैरीगंज ८, माघ / ट्राफिक प्रहरी पाेस्ट गाैरीगंजले दुर्घटना न्युनिकरणका लागि रिफ्लेक्टर (रातकाे समयमा र हुस्सु लागेकाे समयमा टल्कने) मालवाहक ट्याक्टरहरूमा टाँस गरेेकाे छ ।
पाडाजुङ्गि गाैरिगंज सडकखण्डमा चल्ने प्रत्येक ट्याक्टरमा आज देखि त्यस प्रकारकाे रिफ्लेक्टर टाँस गरेकाेे ट्राफिक प्रहरी पाेष्ट गाैरीगंजका ईन्चार्ज भाेजराज चम्लागाईले बताए । उनका अनुसार पाडाजुङ्गि गाैरिगंज सडकखण्डमा चल्ने २० वटा ट्याक्टरहरूमा रिफ्लेक्टर टाँस गरेकाे छ ।
यस अघि दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीकाे डमी राखिएकाे थियाे । ट्राफिक सचेतना कार्यक्रमकाे आयाेजना र डमि ट्राफिक प्रहरी राखेका् कारण आर्थिक वर्ष २०७६/७७ मा दुर्घटना न्युनिकरण भई गाैरीगंज क्षेत्रमा हालसम्म कसैकाे मृत्यु नभएकाे ट्राफिक ईन्चार्ज चम्लागाईले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : २१ बजे