९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दमकमा १६ जनासहित झापामा १९ जना काेराेना संक्रमित भेटियाे


१३ भाद्र २०७७, शनिबार  

0
Shares

गाैरीगंज१३, भदाै/ झापासहित देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । शनिबार झापामा १९ जनामा कोरोनाको देखिएको छ । १६ जना दकम नगरपालिकाका र झापा गाँउपालिकाका तीन जना संक्रमित भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैबीच प्रदेश १ मा गएको २४ घण्टामा ११२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरका महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ । प्रदेशमा शनिबार ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन् । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ । प्रदेशमा शनिबार १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म प्रदेशमा ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १२ : ०० बजे