५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गौरादहमा ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरि पठाइयो


६ भाद्र २०७७, शनिबार  

0
Shares

 

गौरादह, ६ भदौ २०७७ । कोरोना भाइरस महामारीको जोखिम दिन प्रतिदिन बढ्दै गइरहेकोले संक्रमणको आशंकामा झापाको गौरादहमा समुदायका र क्वारेन्टाइनका गरि ४८ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि आज  पठाइएको छ । जसमा ४ महिला र ४४ पुरुष रहेका छन् ।

गौरादह नगरपालिका वडा नं. ५ को नमुना खेती क्वारेन्टाइनमा रहेका १ महिला सहित ३२ जना र समुदायका ३ महिला सहित १६ रहेका छन् । उनिहरु २० देखि ८० वर्ष उमेर समुहका रहेका छन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारत, साउदी, दुबई र कतारबाट आएका हुन् । पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएका सबै व्यक्तिहरु गौरादह नगरपालिका भित्रका रहेका छन् । उनिहरु सबैको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पठाइएको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।

यस्तै, गौरादह नगरपालिकाको वडा नं. ७ को ग्वालडुब्बा बजार जामवाडीको समुदायमा २ जना पुरुषलाई संक्रमण पुष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा यहि भदौ १ गते गौरादह नगरपालिकाको क्वारेन्टाइनमा बसेका र समुदायका गरि १ सय २५ जनाको पीसीआर परीक्षणका लागि पठाइएकोमा केहीदिन अघि ६५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने, आज बाँकी ६० जनाको रिपोर्ट पनि नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ९ : ४० बजे