५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरीगंजमा सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा काेराेना परिक्षण


२८ श्रावण २०७७, बुधबार  

0
Shares

20200528_210918गौरीगंज २८, साउन / गाैरीगंज गाउँपालिका भित्रका ईच्छुक सर्वसाधारणले स:शुल्कमा काेराेना परिक्षण गर्न पाउने भएका छन् ।
उद्योग वाणिज्य संघ गाैरीगंजले भाेली विहिवार गाउँपालिकाका भित्रका सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा कोरोना परीक्षण गरिदिने भएकाे छ ।

संघका अध्यक्ष मखना महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले २ सय ५० रुपैयाँ र व्यापारीलाई ५ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

संघले गाउँपालिकाभिका इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाव परीक्षणका लागि विहीवार विहान ७ बजे आउन वाणिज्य संघको कार्यालयमा सूचित गरेको छ ।

यो परीक्षणका लागि गाउँपालिकाको समेत सहकार्य रहेको महतोले बताएका छन् ।
स्वाव संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परिक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमकाे व्यवस्थापन वाणिज्य संघले गर्ने संघका अध्यक्ष महताेले बताए । भारतिय सिमासंग जाेडिएकाे गाैरीगंज गाउँपालपका काेराेना भाईरसकाे उच्च जाेखिम रहेकाे अवस्थालाई मध्यनजर गर्दै वाणिज्य संघले समुदायस्तरमा पीसीआर परिक्षण शुरू गरिएकाे अध्यक्ष महताेले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ११ : ५० बजे