८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरादहमा काेराेना संक्रमित सशस्त्र प्रहरीकाे सम्पर्कमा आएका एक सय जनाकाे कन्ट्याक ट्रेसिङ गरियाे


२७ श्रावण २०७७, मंगलबार  

0
Shares

gauradha
फाइल फाेटाे

गौरादह २७, साउन / हिजो कोरोना संक्रमण पुष्टि भएका गौरादह नगरपालिकाका दुई सशस्त्र प्रहरीको सम्पर्कका आएका एक सयजनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

ती सशस्त्र प्रहरीको क्लोज कन्ट्याक्टमा आएका ५५ जना र उनीहरुको पनि सम्पर्कमा आएका अन्य ४५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको हो ।

कन्ट्याक्ट ट्रेसिङ गरिनेमा ५ जना सशस्त्र प्रहरी पनि रहेका छन् । संक्रमितहरुको ट्राभल हिष्ट्री पत्ता लगाएर सम्पर्कमा आएका ब्यक्तिहरुको आज विहान ८ देखि १२ बजेसम्म कन्ट्याक्ट ट्रेसिङ गरिएको गौरादह नगरपालिकाका स्वास्थ्य सहसंयाेजक गोविन्द श्रेष्ठले बताए । उनले संकलित स्वाब परीक्षणका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा पठाइएको जानकारी दिए ।

गौरादह ७ घर भएका ती सशस्त्र प्रहरी इलामबाट साउन १५ गते फर्केका थिए । उनीहरुको स्वाब २० गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो । जसको रिपोर्ट हिजो पोजिटिभ आएको हो । घर फर्किएर ती सशस्त्र प्रहरीले आफन्त भेट्ने, मलामी जाने, होटलमा खाजा खानेजस्ता काम गरेको ट्राभल हिष्ट्रीमा उल्लेख छ ।

सशस्त्र प्रहरीसहित ५ जनामा हिजो कोरोना पुष्टि भएपछि समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढेको हो । नगरपालिकामा सोमबार बसेको सर्वपक्षीय बैठकले वडा नं. ६,७,८,५ र ३ मा राति १२ बजेदेखि लागु हुने गरी पूर्णरुपमा सिल गरेको छ । नगरपालिकाले वडा नं. ६ र ७ पुरै तथा वडा नं ८, ५ र ३ को केही क्षेत्र संक्रमितहरुको सम्पर्कमा आएका ब्यक्तिहरुको स्वाव परीक्षणको परिणाम नआउन्जेलसम्मका लागि सिल गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत खेम ओझाले बताए ।

हिजो गौरादहमा दुई सशस्त्र प्रहरीसहित पाँचजनामा संक्रमण देखिएको हो । संक्रमितहरुलाई गौरादह ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको भवनमा राखिएको छ । त्यस भवनलाई आइसोलेसन सेन्टरकाे रूपमा प्रयाेग गर्नु जनाएकाे छ ।

झापा जिल्लाकाे अन्य स्थानियतहमा एमबीबीएस डाक्टर भएपनि आईसाेलेसन सेन्टर नभएकाे तर यहाँ साे अनुसारकाे जनशक्ति नभएपनि गाैरादह नगरपालिकाले ५० जना संक्रमित राख्न सक्ने क्षमता भएकाे आईसाेलेसन सेन्टर निर्माण गरिएकाे प्रशासकिय अधिकृत ओझाले जानकारी गराए । आईसाेलेसनमा राखिएका दुईजना सशस्त्र प्रहरीसहित ५ जना संक्रमितलाई गाेठगाउँ लगिने तयारी भईरहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १० : ५९ बजे