६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरादह ७ काे सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा


६ असार २०७७, शनिबार  

0
Shares

received_360183744944312

गौरादह ६, असार /गौरादह नगरपालिका वडा नं -७ ग्वालडुब्बामा निर्माण भइरहेको सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ।

दुर्गा सामुदायिक भवनकाे नामाकरण गरिएकाे भवन गत बर्षकाे साउन महिनाबाट निर्माण कार्य सुरु गरिएकाे थियाे। यसै आर्थिक बर्षकाे असार ३ गते सम्ममा निर्माणकार्य सम्पन्न गर्ने सम्झौतामा उल्लेख भएकाे थियाे। समुदायिक भवन निर्माण गर्न ठेक्का पाएकाे गरिमा निर्माण सेवा भद्रपुरले द्रुतगतिमा काम गर्दा एक बर्षकाे अवधिमा निर्माण कार्य सम्भब भएकाे हाे।

ग्वालडुब्बामा सामुदायिक भवन निर्माण गर्न प्रदेश नं-१ काे प्रदेश सरकारले बिनियाेजित गरेकाे १ कराेड १४ लाख ९ हजार ३ सय ६८ रुपैयाँकाे बजेटबाट भवन निर्माण हुन लागेकाे हाे। भवन निर्माणका लागि गरिमा निर्माण सेवा भद्रपुरले ठेक्का पाएकाे थियाे। ठेक्का सम्झौता अनुसार आर.सि.सि. पिल्लर लगाई टिन छानाे भएकाे ट्वाइलेट बाथरुम सहितकाे पक्की भवन निर्माण गरिएको ठेकेदार घनश्याम कार्कीले जानकारी गराए।

भवन निर्माण कार्य सुरु भएपछि काेराेना भाइरस संक्रमणकाे त्रास फैलिएकाले निर्माणकार्यमा केही समय समस्या भएकाे ठेकेदार कार्कीले बताए।काेराेना भाइरसका कारण लकडाउन भएपनि सामाजिक दुरि कायम गरि समय सिमा अवधिमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे ठेकेदार कार्कीले जानकारी गराए।

भवनकाे सिमेन्ट तथा काठ सम्बन्धि लगभग सम्पुर्ण कार्य सकिएले अब झ्यालमा सिसा लगाउने र दिवालमा रङ लगाउने कार्य बाँकी रहेकाे कार्कीले बताए। गौरादह नगरपालिका वडा नं -७ काे ग्वालडुब्बा क्षेत्रमा सामुदायिक भवन नहुदा सभा सम्मेलन वा अन्य शुभकार्य गर्न समस्या भएकाले सामुदायिक भवनकाे आवश्यकता महसुस गरिएकाे जग्गा दाता जीवन काेइरालाले बताए। सामुदायिक भवन निर्माणका लागि ग्वालडुब्बा क्षेत्रका स्थानीय बासिन्दाले निशुल्क जग्गा उपलब्ध गराएपछि सामुदायिक भवन निर्माण गर्न सहज भएकाे हाे।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : ०७ बजे