६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजमा ८८ जनाकाे पीसीआर टेष्ट


१० जेष्ठ २०७७, शनिबार  

0
Shares

20200522_205317
गाैरीगंज १०, जेठ / गाैरीगंज गाउँपालिकाकाे भारतीय सिमाबाट उद्वार गरि ल्याईएका मध्ये आज ८८ जनाकाे पीसीआर विधिबाट थ्राेट र नाेजल स्वाव संकलन गरी परिक्षणका लागि पठाईएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे भवनकाे क्वारेन्टाइनमा रहेकाे १८ महिला र १६ पुरूष तथा गाैरीगंज क्याम्पसकाे क्वारेन्टाइनमा रहेका ४ महिला र ४९ पुरूष गरि ८८ जनाकाे थ्राेट र नाेजलकाे स्वाव संकलन गरि परिक्षणका लागि विराटनगर स्थित काेशी अञ्चल अस्पताल पठाईएकाे स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । उनका अनुसार १ बर्ष भन्दा बढी उमेरका बालबालिकादेखि ६० वर्षका वृद्वाकाे स्वाव परिक्षणका लागि विराटनगर पठाईएकाे छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ३ : ५५ बजे