९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

कारागारबाट फरार अञ्जली खातुन गौरीगञ्जमा पक्राउ



गौरीगंज २७, भाद्र / काठमाडौंस्थित सुन्धारा कारागारमा कैद सजाय भुक्तान गरिरहेकी झापा गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएकी ५० वर्षीया अञ्जली खातुन पक्राउ परेकी छन् । गएराति ११ः ५ बजे सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा खातुनलाई नियन्त्रणमा लिएको हो।
उनलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ। जेनजीको आन्दोलनका क्रममा उनी सुन्धारा कारागारबाट भदौ २४ गते फरार भएकी थिइन्।
लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर त्यस्तै काठमाडौंको कारागारबाट फरार भएका अर्को एक युवक भारतीय सीमा क्षेत्रमा पक्राउ परेका छन्। बुधवार राति करिब १० बजे भारत – नेपाल सीमामा पेकटोला एसएसबी क्याम्पका जवान र टेढागाछ थाना प्रहरीको संयुक्त टोलीले काठमाडौंको कारागारबाट भागेर आएका मोरङ विराटनगर ३ का सुरज कामतलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ११ : ५५ बजे