
२६ भदौ, काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् ।
काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक आवाजलाई दबाउने कोसिसले मात्र राजनैतिक ढाँचा कमजोर बनाउँछ । सत्य र संविधानको पक्षमा उभिने शक्ति नै मुलुकको रक्षा गर्ने असली रणनिति हो’, अखिलका निवर्तमान अध्यक्ष समिक बडालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
