
काठमाडौँ । नेपालका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गरेका छन् । मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी सशस्त्र प्रहरी बल, महानिरीक्षक नेपाल राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
