१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

जेनजीको प्रदर्शनमा प्रहरीले चलायो गोली, प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी




२३ भदौ, काठमाडौं / प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।
उनीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।
अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ ।
नयाँ बानेश्वरमा प्रदर्शनमा रहेको जेनजीमाथि प्रहरीले गोली चलाएको हो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको हो ।
अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कर्फ्यू लगाएको छ ।

बानेश्वचोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वचोक हुँदै मिनभवन शान्तिनगर हुँदै तीनकुने चोक, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यामिक विद्यालयसम्म, बानेश्वरचोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखपुल पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।
कर्फ्यू भदौ २३ गते १२ः३० देखि राती १० बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : ४४ बजे