
झापा १९, जेठ / आगामी आर्थिक वर्ष २०८२ र८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो ।
अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् । ७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ जाने गरी विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ बजेट जाँदैछ ।
झापाका १५ वटै स्थानिय तहहरुमा संघीय सरकारबाट निम्न अनुसारको बजेट विनियोजन भएको छ ।
