६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

काँकडभिट्टा नाका हुँदै भन्सार छलेर ल्याईएको ३ करोड ६१ लाख बराबरको धान काट्ने मेशिनसहित ३ वटा भारतीय कन्टेनर प्रहरीको नियन्त्रणमा



झापा, जेठ ५ । भन्सार नतिरी काँकडभिट्टा नाका हुँदै ३ करोड ६१ लाख बराबरको धान काट्ने मेशिनसहित ३ वटा भारतीय कन्टेनर प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७ बजे बिर्तामोड नगरपालिका वडा न.५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल०१एएच ५६७९, एनएल०१एन ९२२३ र एनएल०२एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरहरुलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा भन्सार छली गरी ल्याउँदै गरेको अबैध सामानहरु कन्टेनरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ३ करोड ६१ लाख बराबरको सामान कन्टेनरमा फेला परेकोले उक्त सामान तथा कन्टेनरहरुलाई बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १० : ३८ बजे