१ असार २०८२, आइतबार | Sun Jun 15 2025

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश



काठमाडाैँ । चैत १५ गतेको तिनकुनेमा भएको राजावादीहरुको हिँसात्मक प्रदर्शन पछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न  सर्वाेच्च आदलतले आदेश दिएको छ। 

न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो । काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो।

 मिश्रविरूद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने तयारी थियो।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ७ : ५६ बजे